लिम्बु मुन्धुमको पौराणिक कथा लिम्बु जातीको च्याब्रुङको उत्पतीको बिषयमा आधारित नेपाली भाषामा निर्माण भएको चलचित्र “हाँङनान्द” ( a
King who never be defeated) को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
लिम्बु जातीको महान चाड उभौली पर्ब चासोक तंङनामको अवसर पारेर “हाँङनान्द” चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको हो । यस सार्वजनिक पोस्टरमा मुन्धुमका प्रतीकात्मक चरित्र साथै बर्तमान चरित्र निर्वाह गर्नुहुने मुख्य कलाकार हेमन्तकृष्ण पंधाक, सिता तुम्बाहाम्फे र विजय संयोक सुब्बालाई स्थान दिइएको छ ।
पंधाक फिल्म प्रोडक्सन प्रा.ली को व्यानरमा धन कुमारी लिम्बुले निर्माण गरेको चलचित्रको कथा लेखन हेमन्तकृष्णको हो भने पटकथा तथा निर्देशन विजयले गरेका हुन् । चलचित्रमा सी डी बेघा, युमारानी लिम्बु, हेमन्त कृष्ण पंधाक, सिता तुम्बाहाम्फे, बोनोद पोमो, नबिन मेन्याङबो, उदय सुब्बा कुरुमबाङ, संगीता लावती, उदय सुब्बा, दिलु सुब्बा, एकराज सुब्बा, यासेली योङहाँङ, प्रेम पंधाक, याङसाङ् मुकारुङ्, दुर्गा लिम्बु, उमांङ राईको अभिनय रहेको छ । साथै प्रेम सुब्बा, तेज मेन्याङबो, हिमाल दाहाल र मदन गुप्ताले यस चलचित्रमा विशेष भुमिका निर्वाह गरेका छन् ।
चलचित्रमा दिपक बज्राचार्यको छायांकन र राजेन्द्र खड्काको सम्पादन रहेको छ भने गीत रचना स्वर्णिमको रहेको छ भने पार्श्व संगीत झुमा लिम्बुले गरेकी छन्, । भिएफएक्स रमेश थापा, सिंक साउण्ड सुदीप श्रेष्ठ, साउण्ड डिजाइन किशोर आचार्य र माधव बेलबासेले कलर ग्रेडिङ गरेका छन् । यस्तै निर्माण नियन्त्रकमा मिलन सुवेदी र सूर्य बुढाथोकी हरेका छन् । केराबारी, धरान, झापा, ताप्लेजुङ फक्ताङ्लुङ र काठमाडौंमा छायांकन गरिएको यस चलचित्रको चाँडै प्रदर्शन मिति घोषणा गरिने निर्माण समूहले जानकारी दिएको छ ।
प्रतिक्रिया